युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक भ्रमण नगर्न आग्रह

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले युक्रेनमा रहेका नेपालील...