कोरोना महामारीमा १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किन सुरक्षित ठाने

काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो । महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका म...