अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको मिस्टर पिकलमा नेपाली व्यवसायीहरु संलग्न भएका छन् । स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट व्यवसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकलको औपचारिक उद्घाटन मार्टिनेजका मेयर रब श्रोडरले सोमवार गरेका छन् ।मार्टिनेज चेम्वर अफ कमर्शको आयोजनामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा मेयर श्रोडरले मार्टिनेजमा मिस्टर पिकल स्याण्डबीच लोकप्रिय रहेको बताए