२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहातमा रहेका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार स्वाथ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । […]