काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । ११ औँ तहका कर्मचारीको सरुवा […]