लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर रहेको २५ सय टन रसायनिक युरिया मल वीरगञ्जकोसुख्खा बन्दरगाहमा आईपुगेको छ ।
यूरिया मलको अभावमा किसानहरु छटपटी रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार राती वीरगञ्ज आइपुगेको हो । विहीबार शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेशनले लिएको छ ।