मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ ।एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिल

सम्बन्धित सामग्री

शंकर पोखरेलले न छवि बचाए, न सत्ता जोगाए

आफू अल्पमतमा हुँदा पनि सरकारमा टिकिरहने लालसाका कारण आलोचित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सत्ताबाट बाहिरिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मु्ख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै...

लुम्बिनीमा आलोपालो कांग्रेस माओवादी सरकार

बुटवल । राजनीतिक अस्थिरताको पछिल्लो शिकार बनेका छन्–लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल । विद्यमान अन्यौलताको अन्त्य गरी मार्ग प्रशस्त गर्न नेपालको संविधानको धारा १६९ (१) क बमोजिम पदबाट राजीनामा दिएको पोखरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् । आफ्नै पार्टीका सांसदले अस्वभाविक र अराजनीतिक तवरले सांसदबाट राजीनामा दिने र पार्टी बदलेर अल्पमतमा परेपछि पोखरेलले मुख्यमन्त्रीबाट […] The post लुम्बिनीमा आलोपालो कांग्रेस माओवादी सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा पत्र आएपछि विशेष अधिवेशन स्थगित

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन स्थगीत गरीएको छ। पोखरेलले विशेष अधिवेशन सुरु भएपछि बल्ल राजीनामा दिएका थिए।...

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका थप २ जना मन्त्रीले राजीनामा दिँदै

बुटवल : लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषिमन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। कृषि मन्त्री यादवले आफू बाहिर भएको र पाण्डेय अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा…

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले राजीनामा दिइन्

काठमाडौः लुम्बिनी प्रदेशकी भौतिक पुर्वधार विकास, राज्यमन्त्री सुमन शर्माले रायमाझीले राजीनामा दिएकी छिन्। शुक्रवार उनले मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा पत्र बुझाएकी हुन्। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन नगरेकाले आफूले राजीनामा दिएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। उनी जसपाबाट प्रदेश सभा सदस्य भएकी हुन्। जनता समाजवादी पार्टीको…

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अस्त्रः एमाले सांसद डाँगीको राजीनामा

काठमाडौं, २२ वैशाख । लुम्बिनी प्रदेश सभाका नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । दाङ क्षे नं २ ‘ख’ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित डाँगीले आज सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाएका हुन् । डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन् । मुख्यमन्त्री शंकर पोखरेल पोखरेललाई स्पष्ट रुपमा अल्पमतमा पार्न उनले राजीनामा दिएको बुझिएको छ […]