अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो ।'पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,' एन्फा स्रोतले भन्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो । वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहि