इरानका विभिन्न मालवाहक जहाजहरूले गोप्य रूपमा चीनलाई तेल बेचेको र त्यसबाट प्राप्त रकमले गोप्य आणविक कार्यक्रमलाई लगानी गरेको द मेल अन सन्डेले खुलासा गरेको छ ।
इरानका १२३ वटा जहाजहरू अन्य मुलुकको झण्डा राखेर विगत एक वर्षमा चीन गएर दिनको १० लाख ब्यारल तेल पठाइरहेका छन् ।
गुप्तचर विज्ञहरूले इरान अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजूद आणविक क्षमता वृद्धि गरिरहेको भन्दै चेतावनी दिएका छन् ।
इरानले विभिन्न तरिका अपनाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै अवैध तेल पठाएको छ । साना मुलुकहरूमा जहाज दर्ता गरेर चलाउँदा ती...