शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?
६० बर्षको ईतिहाँसमा चितवनमा उहाँले हसिया हथौडामा भोट हाल्न लगाउनु भयो । कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन । हँसिया हथौडा मा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ? ६० बर्षको ईतिहाँसलाई देउबाले एकै छिनमा ध्वस्त पारिदिनु भयो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् । मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् । ‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्रको चुनाव चिह्न 'हँसिया हथौडा' र एकीकृत समाजवादीको चुनाव चिह्न 'कलम'मा भोट हाल्न किन लाज मान्ने भनेर प्रश्न गरेका छन् ।
उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै हसियाँ हथौडामा भोट हालिसकेको बताए। उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन आग्रह गरे।
पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे। उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले
गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’