दोस्रो पटक संक्रमणमुक्त भएका प्रमोद भन्छन् : खोप लगाए पनि सचेत रहौँ

काठमाडौं : गायक प्रमोद खरेल दोस्रो पटक कोभिड-१९ संक्रमणमुक्त भएका छन्। विहीवार फेसबुकमार्फत् उनले आफ्नो आइसोलेसन अवधि सकिएको जानकारी दिएका हुन्। साथै पहिले संक्रमण भइसकेका र कोरोनाविरुद्धको खोप लगाएकालाई पनि सतर्क रहन आग्रह गरेका छन्। 'कोरोनाले दुई चोटी आक्रमण गर्‍यो,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए। तर…

सम्बन्धित सामग्री

आज भेटिए ५५ जना संक्रमित, ९९ प्रतिशत जनसंख्याले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६९८ जनामा गरिएको परीक्षणमा ५५ जना संक्रमित भेटिएका हुन्। आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ८० जना कोरोना संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा १ सय ७४ जना रहेका छन्। हाल नेपालका ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

मधेस प्रदेश कोरोनामुक्त  : ८२ प्रतिशतले लगाए पूर्ण खोप

मधेस प्रदेश कोरोना संक्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा संक्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश संक्रमणमुक्त बनेको हो ।

९३ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप, देशभर २६ सय ८८ जना सक्रिय संक्रमित

काठमाडौं : १० दिनपछि मंगलबार कोरोना संक्रमणबाट एकजना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको विवरणअनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो।पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ९४ जनामा गरिएको परीक्षणमा ४४ जना संक्रमित भेटिएका छन्। आज ४ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। देशभरि २५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।धनकुटा, मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन्। नेपालमा ह

८१ प्रतिशतले लगाए खोप, थप ४५ जनामा संक्रमण

काठमाडौं : नेपालमा लक्षित जनसंख्याको ८१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ९२ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा ४५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ४७ सय ५२ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन् भने १४७ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्। आज पनि कोरोना संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। देशभर २७ जना संक

कोरोना अपडेट : २६४ संक्रमित थपिए, २ लाख बढीले खोप लगाए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ६४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ५ सय ६६ जनामा गरिएको परिक्षणमा २ सय ६४ जना संक्रमित थपिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ। आज २ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज  २ लाख ८३ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

थप २१९ जनामा कोरोनाभाइरस पुष्टि, २४ घण्टामा ७६ हजारले लगाए खोप

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ । मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यस्तै हालसम्म

एकैदिन ३ लाख ३७ हजार बढीले लगाए खोप, २११ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ९ हजार ४ सय ५१ जनाको परीक्षण गर्दा २ सय ११ जनामा संक्रमण देखिएको हो। यस्तै, ३ सय २९ जना संक्रमणमुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ। संक्रमणका कारण थप…

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत […]

भारतमा ६७ करोड ७२ लाखभन्दा बढी जनसंख्याले लगाए कोरोनाविरुद्धको खोप

भदौ १९, नयाँदिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले  कोरोना  भाइरस विरुद्धको खोप लगाएका छन् ।             सरकारी अधिकारीले शनिवार दिएको जानकारीअनुसार तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएका छन् । खोप लगाएका मध्ये १ करोड ३ लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।             त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यो संख्या ९७ दशमलव ४३ प्रतिशत हो ।             भारतमा अहिलेपनि ४ लाख ५ हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन् । सक्रिय संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।             दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिंदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । रासस/ एएनआई

कोभिडबाट थप २० जनाको मृत्यु, ४४ लाखले लगाए पूर्ण खोप

मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।