काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६९८ जनामा गरिएको परीक्षणमा ५५ जना संक्रमित भेटिएका हुन्। आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ८० जना कोरोना संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा १ सय ७४ जना रहेका छन्। हाल नेपालका ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।