काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भ्रष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैँले पत्र लेखी […]