काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्।
नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर…