बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन्।पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य रहेका छन्। शर्मा विसं २०६८ शिक्षामन्त्री रहेका थिए । शाक्य अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षसमेत रहेका थिए। शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरू सहित २० पदाधिकारी चयन गरेको थियो