रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ । आलु खेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो ।गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउ वितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ वितरण गरेका छन् । प्रति