काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।