जडीबुटी कम्पनीले ४० वर्षपछि नाफा कमायो

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षपछि नाफा आर्जन गरेको छ।विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो।कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेको अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनुका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न