कात्तिक २४, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ९३ लाख ४४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४१ प्रतिशतले वृद्धि हो ।
कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ६६ लाख ६ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू.५२ लाख १७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ भने जगेडामा रू. ७ करोड ८७ लाख ८९ हजार सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ६२ करोड ४० लाख २९ हजार सापटि लिएर,रू. ३९ करोड ४८ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब १० करोड ७१ लाख कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३७ दशमलव ३८(वार्षिक), मूल्य आम्दानी अनुपात १२ दशमलव ४४,तरलता अनुपात १० दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ७९ रहेको छ ।
यो पनि हेर्नुस् :
आँधिखोला लघुवित्तले कमायो ४ करोडभन्दा बढी नाफा, २० लाख ६६ हजार खराब कर्जा संकलन
दोस्रो त्रैमासमा आँधिखोला लघुवित्तको नाफा १०३% बढ्यो
५५ % बढी नाफा गरेको आँधिखोला लघुवित्तको जगेडा ९७ % वृद्धि
गत वर्ष आईपीओ विक्री गरेको आँधिखोला लघुवित्तको नाफा १ करोडभन्दा बढी