तत्काल लकडाउन र जोरबिजोर पनि लागु हुँदैनः मन्त्री रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए ।संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले मर्ने भयौं भन्दै मानिसहरु सडकमा आएको पनि सरकारले नभुलेको बताए । […]

सम्बन्धित सामग्री

स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको छ भने फिल्म हललगायत सञ्चालन गर्न दिएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउने निर्णय गरेको छ ।  पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालन

फागुन १ गतेदेखि स्मार्ट लकडाउन खुकुलो : विद्यालयदेखि रात्रिकालीन व्यवसाय खुल्ने

सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक

सोमबारदेखि जोरबिजोर प्रणाली लागू नहुने, अरु के के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

सार्वजनिक यातायातमा वैज्ञानिक मापदण्ड अपनाऊ

ओमिक्रोन महामारीको संक्रमणले आक्रान्त भएका उपत्यकावासीको जनजीवन सामान्यीकरण गर्न सरकारले उपत्यकाभित्र जोरबिजोर गाडी सञ्चालन कडाइका साथ कार्यान्वयनमा ल्याएपछि सामान्यजस्तो देखिएको उपत्यकाको आवतजावतमा झनै भीडभाड देखिन थालेको छ । आर्थिक जनजीवन सामान्यीकरणका लागि स्मार्ट मोडलको लकडाउन जारी गरे पनि आर्थाेपार्जनलगायतका गतिविधिमा कमी भने आउन सकिरहेको छैन । यसले निरन्तर गति दिइरहेको बाक्लो आउजाउलाई मध्यनजर गरी सरकारले […] The post सार्वजनिक यातायातमा वैज्ञानिक मापदण्ड अपनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरीमा लकडाउनको मोडालिटी परिवर्तन : सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने

असार १५, सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी परिवर्तन गर्दै बजार व्यवसाय सञ्चालनमा केही खुकुलो बनाउँदै असार २२ गते सम्मलाई निषेधाज्ञा थप गरेको छ । लकडाउन शुरु भएसँगै बन्द रहेका यातायातका सवारी साधनहरु पनि जोरबिजोर चल्ने गरि लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । सोमवार सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको संयोजकमा बसेको बेठकले मोडालिटी परिवर्तन गर्दै जिल्लामा एक साता निषेधाज्ञाको समय लम्ब्याइएको हो । प्रशासन कार्यालयका अनुसार २२ गते राति १२ बजे सम्मका लागि खुकुलो बनाउँदै लकडाउन थपिएको हो ।  लकडाउन अवधिमा निजी सवारी, सिटी सफारी, इ रिक्सा समेतलाई असार मंगलवारदेखि २२ गते राति १२ बजेसम्म जोरबिजोर प्रणालीमा चल्न छूट दिइने निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । सवारीसाधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको मात्र चल्न पाउनेछन् । अघिल्लो लकडाउन घोषणा भएपछि बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्दै आएका खाद्यान्न, तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबिजन विक्री गर्ने पसलहरु दिनैभरि सञ्चालन गर्न छूट दिइएको छ ।  यसबाहेकका पसलहरु भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हाटबजार, गुद्री, सब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरिएको छ भने कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्नेबारे आज निर्णय हुनसक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार बिहान १० बजे लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे...

प्रदेश १ मा सार्वजनिक सवारीमा जोरबिजोर लागू गर्न माग

असार ८, धरान । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै जोरबिजोर प्रणाली लागू गर्दै सार्वजनिक यातायात खुलाउन प्रदेश १ का यातायात व्यवसायीले माग गरेका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत सोमवार झापा र सुनसरीमा ज्ञापनपत्र बुझाइएको हो । महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठ र सुनसरी जिल्ला समन्वय समितिका संयोजक धु्रवराज घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएकाले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ । देशको राजधानी लगायत केही ठाउँमा मंगलवारदेखि बजार खोल्ने र निजी सवारीसाधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरे अनुसार प्रदेश १ मा पनि सोही अनुसारको व्यवस्था गर्न माग गरिएको हो ।  गतवर्षको लकडाउन अवधिको बैंक ब्याज, किस्ता समेत भुक्तानी नभइसकेको अवस्थामा पुनः अहिलेको निषेधाज्ञाले यातायात क्षेत्र धराशयी हुन पुगेको ज्ञापनपत्रमा भनिएको छ । गतवर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदूरलाई राहत भए पनि अहिले कहीँकतैबाट राहत नआउँदा बढी मार परेको बताइएको छ । सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमणको जोखिम बढी रहेकोले कोरोना विरुद्धको खोपको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।

कैलाली-कञ्चनपुरमा आजबाट राति लकडाउन, भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर

कैलाली : कैलाली र कञ्चनपुरमा आजबाट लागू हुने गरी राति लकडाउन हुने भएको छ। धनगढीमा आज बसेको अन्तर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समितिको बैठकबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो। साथै भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ। ‘दुवै जिल्लामा महामारीको गति…

जोरबिजोर नियम पालना नगर्ने १४९ गाडी प्रहरीको नियन्त्रणमा

काठमाण्डौ – जोरबिजोर नियम पालना नगर्ने १४९ वटा निजी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शुक्रबार बिहानदेखि अहिलेसम्म एक सय ४९ वटा गाडीलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाण्डौ उपत्यकामा लकडाउन खुकुलो पार्दै सरकारले निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरेको छ...