सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको छ भने फिल्म हललगायत सञ्चालन गर्न दिएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालन