संखुवासभा– संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले […]
मादी नगरपालिका-१ खोला गााउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले एकजना बाहेक अन्यलाई पक्राउ नगरेको प्रष्ट्याएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्ति जारी गर्दै घटनास्थलमा अनुसन्धान भइरहेको जनाएको छ ।
'जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए, त्यहाँबाट शव देखिन्नथ्यो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,' प्रहरी उपरीक्षक दाहालले भने,'पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।'
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्न