संखुवासभा हत्याकाण्ड : बिहानै भएको थियो घटना, आरोपितले नै पहिले शव देखेको भनेका थिए

काठमाडौँ – संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्याको घटना गएको सोमबार (भदौ २१ गते) बिहानै भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा स्थानीय २६ वर्षका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। गएको सोमबार मादी–१ का बौद्धमान कार्कीको घरका ६ जनाको हत्या भएको थियो। बौद्धमानकी श्रीमती पार्वती, छोरा तेजबहादुर, तेजबहादुरकी […]

सम्बन्धित सामग्री

संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर

'जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए, त्यहाँबाट शव देखिन्नथ्यो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,' प्रहरी उपरीक्षक दाहालले भने,'पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।'

संखुवासभा हत्याकाण्ड: घरमा भेटियो सुन र नगद, दुबईबाट आइपुगे छोरा

पार्वताबाहेक सबैको शव घोप्टो परेको अवस्थामा फेला परेको हुँदा उक्त आशंका गरिएको हो। दुई बच्चाको समेत हत्या गरिएको हुँदा कुनै चिनजानकै व्यक्तिले गरेको हो कि भन्ने पाटोबाट अनुसन्धान प्रहरीले अघि बढाएको छ।

संखुवासभा हत्याकाण्ड: ६ जनाकै शव पोष्टमार्टम गर्न पठाइयो धरान

संखुवासभामा हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमको लागि धरान पठाइएको छ।