संखुवासभा हत्याकाण्ड– प्रहरीले सार्वजनिक गर्‍यो एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।  हत्याको अभियोगमा स्थानीय २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । लोकबहादुर नाताले मृतक तेजबहादुर कार्कीका भतिजा पर्छन् । उनले अभियोग स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीका मृतक तेजबहादुरले हेप्ने गरेकाले उनको हत्या गरेको र हत्याका प्रत्यक्षदर्शी परिवारका अन्य सदस्यको पनि हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री