परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन जिताऔँ : ऊर्जा मन्त्री भुसाल

ललितपुर – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने शक्तिबीचको लडाइँ भएको बताएकी छन्। ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी हुन्। जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले […]

सम्बन्धित सामग्री

सुख्खायाममा बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा : मन्त्री बस्नेत

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ बराबर हुने भन्दै उनले यसको उपयुक्त विकल्प सौर्य ऊर्जा नै भएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य […]

अबको विद्युत उज्जवल भविष्यका लागि हो : ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर

अब बंगलादेशलाई पनि बिजुली बेच्छौँ : ऊर्जा मन्त्री

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन् । उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्या

नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो: ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताएकी छन्।...

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छः ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।

ऊर्जा मन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन्। ऊर्जा मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्।

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ। चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सुल्झाउने तथा ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन्।

बिजुलीको भाउ घटाउनुपर्छ, गरिबलाई निःशुल्क : ऊर्जा मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताउनुभएको हो ।  अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताउनुभयो । उहाँले बिजुली खपत बढाउनका लागि भाउ घटा...

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काेभिड–१९ सँग मिल्दाेजुल्दाे लक्षण देखा परेपछि सोमवार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्ने सदस्यको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।  मङ्गलवार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो  । अहि...