अबको विद्युत उज्जवल भविष्यका लागि हो : ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर

सम्बन्धित सामग्री

खोला ओगटेर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्छौं : ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर पनि काम नगर्ने कम्पनीको पिपिए खोरज गर्ने बताएकी छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको परामर्श कार्यशाला...

इन्धन खरिदका लागि श्रीलङ्काद्वारा रुससँग छलफल

काठमाडौँ- ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट […]

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए । विद्युत र ग्यास अभावले पेट्रोलियम पदार्थको खपत बढेको छ । ‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर  उनी

स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याउने तयारीमा सरकार : ऊर्जा मन्त्री भुसाल

जेठ ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइउने तयारीमा सरकार रहेको बताएकी छन् । राजधानीमा सोमवार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवर्द्धन गरिने बताइन्।  पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिंदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उनले विद्युतबाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताइन् । चालू आवमा मात्रै २ खर्ब २० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिंदै उनले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताइन्। उनले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा विक्री गरेर विदेशी मद्रा भित्र्याउन सकिने बताइन् । ‘चालू आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ । यस आवमा हामी करीब २ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा छौं’, मन्त्री भुसालले भनिन् । उनका अनुसार अर्को आर्थिक वर्षमा करीब ५०० मेगावाट विद्युत् निर्यात हुनेछ, जसबाट करीब १२ देखि १५ अर्ब रुपैयाँ भित्रने छ ।         जलश्रोतको उचित व्यवस्थापन र उपभोगबाट ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले कृषि, पर्यटन र ऊर्जाको विकासमा सरकारको नीति केन्द्रित भएको बताइन् ।   खेतीयोग्य सबै जमीनमा सिंचाइको व्यवस्था गर्ने, सिंचाइमा विद्युतको प्रयोग गर्ने, विद्युतको प्रयोग गरी नेपालमै रासायनिक मल उत्पादन गर्ने र कृषिलाई प्रविधिसँग जोड्दै खाद्यान्न, फलफूल एवम् तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सघाउ पुर्‍याउने उद्देश्यले सरकारले सिंचाइको विद्युत् महसुललाई न्यून बनाइए पनि उनले बताइन् । रासस

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत बेच्न पायो अनुमति

काठमाडौंः नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ। २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट मात्रै विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न नेपालले स्वीकृति पाएको थियो। ऊर्जा मन्त्री पम्फा भुसालसहित बुधबार पत्रकार सम्मेलन गर्दै बिजुली बेच्न पाउने क्षमता ३९ मेगावाटमा ३२५ मेगावाट थप गरी कुल ३६४ मेगावाटसम्म…

मुसिकोट सबस्टेसन सञ्चालनमा, तीन जिल्लामा विद्युत् आपूर्ति हुने

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री पम्पा भुसालले रुकुममा अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्नुभयो ।

विद्युत खपत बढाउन ऊर्जा मन्त्री भुसालको अपिल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन्। शनिबार काठमाडौंको क्षेत्रपाटीमा एक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई...