काठमाडौं। पूर्व मन्त्री वर्षमान पुनले ऊर्जा मन्त्री पम्फा भुसाललाई आधारभूत जनतालाई केन्द्रित गरेर आवश्यकताअनुसार कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्। मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न सुझाव दिएका हुन्। पुनले निःशुल्क बिजुली उपलब्ध गराउने र विद्युत् महसुल दर घटाउने भुसालको प्रस्ताव उपयुक्त भएकाले कार्यान्वयनमा लैजान सुझाव दिए।