हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छः ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ। 

सम्बन्धित सामग्री

अबको विद्युत उज्जवल भविष्यका लागि हो : ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर

स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याउने तयारीमा सरकार : ऊर्जा मन्त्री भुसाल

जेठ ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइउने तयारीमा सरकार रहेको बताएकी छन् । राजधानीमा सोमवार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवर्द्धन गरिने बताइन्।  पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिंदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उनले विद्युतबाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताइन् । चालू आवमा मात्रै २ खर्ब २० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिंदै उनले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताइन्। उनले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा विक्री गरेर विदेशी मद्रा भित्र्याउन सकिने बताइन् । ‘चालू आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ । यस आवमा हामी करीब २ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा छौं’, मन्त्री भुसालले भनिन् । उनका अनुसार अर्को आर्थिक वर्षमा करीब ५०० मेगावाट विद्युत् निर्यात हुनेछ, जसबाट करीब १२ देखि १५ अर्ब रुपैयाँ भित्रने छ ।         जलश्रोतको उचित व्यवस्थापन र उपभोगबाट ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले कृषि, पर्यटन र ऊर्जाको विकासमा सरकारको नीति केन्द्रित भएको बताइन् ।   खेतीयोग्य सबै जमीनमा सिंचाइको व्यवस्था गर्ने, सिंचाइमा विद्युतको प्रयोग गर्ने, विद्युतको प्रयोग गरी नेपालमै रासायनिक मल उत्पादन गर्ने र कृषिलाई प्रविधिसँग जोड्दै खाद्यान्न, फलफूल एवम् तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सघाउ पुर्‍याउने उद्देश्यले सरकारले सिंचाइको विद्युत् महसुललाई न्यून बनाइए पनि उनले बताइन् । रासस

परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन जिताऔँ : ऊर्जा मन्त्री भुसाल

ललितपुर – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने शक्तिबीचको लडाइँ भएको बताएकी छन्। ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी हुन्। जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले […]

नेपाल संवत हाम्रो मौलिक संवत हो : ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो […]

नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो: ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताएकी छन्।...

जनताको इच्छाविपरीत कुनै काम गर्दैनौं: ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाएकी छन्।

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ: ऊर्जा मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनुभएको छ । औद्योगिक मूलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो । निजामति कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगर पालिका वडा नं २ स्थित इन्द्रायणी पार्कमा आज वृक्षारोपण […]

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ। चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सुल्झाउने तथा ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बिआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन्।

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेट, द्विपक्षीय चासो र हितका विषयमा छलफल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताउनुभयो । ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बीआरआई) को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड ...

बिजुलीको भाउ घटाउनुपर्छ, गरिबलाई निःशुल्क : ऊर्जा मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताउनुभएको हो ।  अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताउनुभयो । उहाँले बिजुली खपत बढाउनका लागि भाउ घटा...