काठमाडौं : निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूचीमा परेका ५ सय ५० जनाको नाम हटाएको छ।आयोगले हटाएका समानुपातिकतर्फका बन्द सूचीमध्ये सत्ता र प्रतिपक्षी दलका उम्मेदवारसमेत परेका छन्। आयोगले बन्द सूचीबाट नाम हटाएको लिस्टमा नेकपा एमाले परेन। आयोगका अनुसार बन्द सूचीबाट बाहिरिनेमा प्रदेश र प्रतिनिधिसभामा नेकपा एमालेका कुनै पनि उम्मेदवार परेका छैनन्। सत्तारुढमध्ये सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार छन्। प्रति