काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । […]
काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]
ललितपुर। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ । पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय […]
काठमाडौं।सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपलिका परिसरमा राखिएको छ।सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली दिन ललितपुर महानगरको सेवा बन्द गरिएको छ।प्रदेश–१ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु भएको छ।लमजुङमा मात्रै निर्वाचनमा दुई हजार सुरक्षाकर्मी खटिने भएका छन्।युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने एलन मस्कले घोषणा गरेका छन्।
काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका […]
काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ। सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ। उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी […]
काठमाडौं : ललितपुर महानगरपालिकाले आज महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ। महानगरपालिकाले संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्गनमा राखिने भएपछि सेवा बन्द गरिएको जनाएको छ।‘स्वर्गीय जोशीको पार्थिव शरीर महानगरपालिकाको प्राङ्गनमा राखिने हुँदा यस दुःखद घडीमा महानगरपालिकाबाट प्रवाह गरिने सबै सेवा आजका लागि बन्द गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’आइतबार जारी सूचनामा भनिएको छ।जोश
काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा लैजानै तयारी भइरहेको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने […]
काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ ।
पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ ।
जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीक...