जोशीको मृत्यु शोकमा ललितपुर महानगरपालिकाका सबै सेवा एकदिन बन्द

काठमाडौं : ललितपुर महानगरपालिकाले आज महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ। महानगरपालिकाले संस्कृतिविद् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्‍गनमा राखिने भएपछि सेवा बन्द गरिएको जनाएको छ।‘स्वर्गीय जोशीको पार्थिव शरीर महानगरपालिकाको प्राङ्‍गनमा राखिने हुँदा यस दुःखद घडीमा महानगरपालिकाबाट प्रवाह गरिने सबै सेवा आजका लागि बन्द गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’आइतबार जारी सूचनामा भनिएको छ।जोश