वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । उनी केही साता यता धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा उपचाररत रहेका थिए । नेता वर्माको आइतबार साडे चार बजेतिर निधन भएको उनकी छोरी डा. शीला वर्माले जानकारी दिइन् । स्वर्गीय वर्माको आजै दाहसंस्कार गरिने छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना (२००६) सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका वर्मा २००७ सालको क्रान्तिका योद्धा थिए । वर्माले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरू लेखेका छन् । ०४६ सालपछि उनले नेकपा (वर्मा)