काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने भएको हो। प्रतिष्ठान र प्रत्यारोपण केन्द्रबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारा लागि सहकार्य गर्ने समझदारी भएको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पूकारचन्द्र श्रेष्ठले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने उद्देश्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग