पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ।   शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा  आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । यो पोखरामा  सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको प्रत्यारोपण केन्द्रले जनाएको छ । मिर्गौला प्रत्यारोपण कार्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा […]

सम्बन्धित सामग्री

आफ्नै जनशक्तिबाट मिर्गौला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलो पटक मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले आठौँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

पोखरामा थप दुई जनाको मिर्गौला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा आइतबार थप दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । तनहुँ व्यासका २५ वर्षीया पुनम थापा मगरको आइतबार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई ४९ वर्षीय बुवा राजु थापामगरले मिर्गौला दान गरे ।

पोखरामा मिर्गौला प्रत्यारोपण गरिएका २ जना डिस्चार्ज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइएका दुई जना डिस्चार्ज भएका छन् । मिर्गौला प्रत्यारोपण गराएको पाँचौँ दिनमा उनीहरु डिस्चार्ज भएका हुन् ।  प्रत्यारोपण गरेको मिर्गौलाले राम्ररी काम गर्न थालेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सकको टोलीले गत शनिबार रुपाकोट गाउँपालिका कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।...

आवश्यक जनशक्तिबिनै पोखरामा मिर्गौला प्रत्यारोपण

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको नीति अनुरुप गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । पर्याप्त तयारी तथा पूर्वाधार र आवश्यक जनशक्ति विकास बिना नै गरिएको प्रत्यारोपणले दिर्घकालिन रुपमा सञ्चालित हुन्छ या हुँदैन भन्ने प्रश्न पनि सँगै उठेको छ ।

आवश्यक जनशक्तिबिनै पोखरामा मिर्गौला प्रत्यारोपण

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको नीति अनुरुप गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । पर्याप्त तयारी तथा पूर्वाधार र आवश्यक जनशक्ति विकास बिना नै गरिएको प्रत्यारोपणले दिर्घकालिन रुपमा सञ्चालित हुन्छ या हुँदैन भन्ने प्रश्न पनि सँगै उठेको छ ।

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ।