कडा चट्टानी भीर छिचोल्दै सेना

कर्णाली करिडोरको हुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवान र स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएका छन्। अग्लो चट्टानी भीर भएको सुनाखाडामा चट्टान विस्फोट गर्न नेपाली सेना र,स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएको छन्।...

सम्बन्धित सामग्री

विपद् व्यवस्थापन तालिम सम्पन्न

काठमाडौँ,१५ माघ । हिमाली क्षेत्रमा हुन सक्ने आगलागीप्रति सजकता अपनाउँदै रसुवामा कार्यरत सुरक्षा निकायले संयुक्त अभ्यास सम्पन्न गरेका छन् । रसुवा जिल्ला हिमाली क्षेत्र र बढी भीर भएका कारण आगलागी र डडेलो नियन्त्रणमा हम्मेहम्मे पर्ने विगतको अनुभवलाई मध्यनजर राख्दै छिटोछरितो सेवा प्रवाहका लागि जिल्लामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एकीकृत अभ्यासका दुई […]

ज्यानको बाजी राखेर काम गर्दै नेपाली सेना

सिमकोट – कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेना र कामदारले ज्यानको बाजी राखेर काम गर्दै आएका छन्। माथि चट्टानी भीर र तल कर्णाली नदी भए पनि कामलाई निरन्तरता दिइएको छ। अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम गर्दै आएका कामदार चन्द्र सुनारले शरीरमा डोरी बाँधेर होल खोप्ने कार्य गरिरहेको बताए। ती […]

भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना

कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरिरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरीनै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ ।

चट्टानी भीर काट्दै नेपाली सेना

कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड अन्तर्गत स्याल्तडी–लालीबगरको कडा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ । सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढाएको छ ।सडकका राजेश रोकायाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम भइरहेको बताउनुभयो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा डढेलो

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङ ल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले

नेपाली सेना डेढ वर्षमा सलीसल्ला भीर छिचोल्न सफल

कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाल सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो । निक्कै असजिलो र चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले बताउनुभयो । उक्त भीर छिचोलिएसंगै अब सर्केगार्ड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रममा रहेको उहाँले बताउनुभयो ।

कालीगण्डकी करिडोर : बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

बागलुङ, माघ १० गते । छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिक...

बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो । नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । “हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।

सडकबाट सेनाले यसरी जोड्दै छ गोरखा र तिब्बतलाई

गोरखा : गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीब्रता दिएको छ। अहिले नेपाली सेनाको निर्माण दलले तिब्बत सिमामा जोड्ने बेनिघाट-लार्के सडकको तातोपानी क्षेत्रमा ट्रयाक खोल्ने काम गरिरहेको छ। यस अघि अति नै गाह्रो भनिएको एक्ले भीर र लापुभीर छिचोलेर सेना यहाँ आइपुगेको हो। एक्लेभीर, लापुभ...