कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाल सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।
निक्कै असजिलो र चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले बताउनुभयो । उक्त भीर छिचोलिएसंगै अब सर्केगार्ड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रममा रहेको उहाँले बताउनुभयो ।