नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको बताएका छन् ।
बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र आर्थिक प्रणाली जोगाउन आफू प्रयासरत राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको तर्क अगाडि सारेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रणालीले धान्नै नसक्ने गरी अर्थतन्त्र बिग्रन नदिने समेत बताए।
उनले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पन...