काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको छ ।
हिजाे मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुग्नुभएका गभर्नर अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्चको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको हो । उहाँले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गर्नुभयो ।
सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा...