आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये ६ सञ्चार माध्यमले भूलसुधार समेत गरेका छन् ।प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो । काउन्सिलले आचारसंहिता उल्लङ्घन