मुलुकको आर्थिक स्थिति असामान्य देखाई अर्थमन्त्रीले श्वेतपत्र जारी गरेदेखि नै ओली सरकारका आर्थिक सूचकहरू ओरालो लागेको भनाइ अर्थशास्त्रीहरूको छ । हाल शोधनान्तर घाटा बढी छ, हामीकहाँ यस्तो परिवेश भएको मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण कम हुने गर्छ । मुलुकमा हाल शोधनान्तर घाटा सबैभन्दा उच्च छ । १ वर्षको अवधिमा शोधनान्तर घाटा धेरै बढ्नुले अर्थतन्त्रको गति सकारात्मक भन्न सकिँदैन । देशमा भित्रिने भन्दा रकम बाहिरिने धेरै भएपछि बैंकहरूलाई तरलताको चाप बढी पर्ने, जसका कारण ब्याजदर महँगो हुने, फलतः पुँजी लगानी नहुने अनि अर्थतन्त्रको आकार खुम्चँदै जाने हुन्छ ।