रुकुम पूर्व : सिस्ने गाउँपालिका–१ की रमिता बुढाले कक्षा ९ मा पढ्दै गर्दा १५ वर्षकै उमेरमा आफ्नै कक्षाका समान उमेरका अजित बुढासँग भागी विवाह गरिन्। उनीहरूले विवाह गरेपछि विद्यालयमा खैलाबैला मच्चियो। दुवैजनाले पढाइ छाडे।विवाहपछि रमिता गर्भवती भइन्। १६ वर्ष समेत नपुगेका अजित धन कमाउन भारत लागे। किनकि‚ उनलाई श्रीमती र बच्चाको हेरचाहको जिम्मेवारी थपियो। उमेर नपुग्दै विवाह गर्दा उनीहरूको पढाइ मात्र छुटेन‚ कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, आर्थिक भारसमेत थपियो।अजितले भारत