सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिए । आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । […]