काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्। भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने, 'जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ।' संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ। ओलीमा बढेको अहमताले म