लामो समयदेखि अर्कै संस्थाको भवनबाट सञ्चालनमा रहेको हरिवन नगरपालिका–८ को वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सारिएको छ । हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन बुधबार संविधान दिवसका अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिनुभयो ।