हेटौंडा : लामो समयदेखि हाइटेन्सन विद्युत प्रशारण लाइनलाई वैकल्पिक मार्गबाट लैजान संघर्ष गरिरहेको चितवनको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति सोमबार हेटौंडा आइपुगेको छ।बस्तीबाटै हाइटेन्सन विद्युत प्रशारण लाइन बनाउने भएपछि आफूहरू जोखिममा परेको भन्दै संघर्ष समिति प्रदेश राजधानी हेटौंडा आएको हो।प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटेर हाइटेन्सनको वैकल्पिक बाटो खोजेर बस्ती जोगाउन आग्रह गरेको संघर्ष समितिले पत्रकार सम्मेलन गरी जानकारी दियो। समितिले विद्यु