उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन कीर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो ।एक दिन गुरु चेला दुवैले देश-देशावर डुल्ने संकल्प गरे । घुम्दा घुम्दै एक बिरानो देशमा पुगे । त्यहीं एउटा बगैंचामा कुटी हालेर बस्न थाले । गुरुले शिष्यलाई एक रुपैयाँ दिएर बजारबाट कुनै राम्रो तरकारी किनेर ल्याउन अह्राए । तरकारी बजारमा पुग्नेबित्तिकै शिष्य गंगाधरले तरकारीको भाउ सोध्न थाले । त्यहाँ त सबै चीज एक सेरको एक र