आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् । अमेरिकाले […]

सम्बन्धित सामग्री

फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई 'बुस्टर' डाेज !

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि...

१२ देखि १७ वर्ष समूहकालाई खोप (फाेटाे फिचर)

काठमाडाैं : उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई काेराेनाविरुद्धकाे खोप दिन थालिएको छ। विद्यार्थीलाई लक्षित गर्दै फाइजर र मोडर्नाको खोप दिन थालिएको हाे।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरेको छ। भक्तपुरमा गत शुक्रबारदेखि खाेप लगाउन थालिएकाे हाे भने ललितपुर र काठमाडाैंमा आजदेखि खाेप लगाउन सुरु भएकाे हाे।

आजदेखि उपत्यकाका विद्यार्थीलाई काेराेनाविरुद्धकाे खाेप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

माेडर्ना खाेप पनि नेपाल आइपुग्याे !

काठमाण्डाै – कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ ।

फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ । नेपालमा पहिलाे पटक आएकाे खाेप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट […]

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने छैनन् ।

शिक्षक, चालक/सहचालकले पनि खोप पाउने (यस्ताे छ उमेर समूह)

काठमाण्डाै – सरकारले भोलि मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जाेनसन एन्ड जाेनसन खाेप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ । यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी...

बूढानीलकण्ठ नगरपालिकामा ६० देखि ६४ वर्षका नागरिकलाई आज खोप लगाइने

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ । खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ  । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खाेप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको  छ ।  स्वास्थ्य मन्त्रालयले थप पाँच सय डोज उपलब्ध गराएकाले आज प्राप्त खोप लगाउन लागिएको नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले ...

जापानमा १२ देखि १५ वर्ष उमेर समूहकालाई फाइजरको काेराेना खोप दिन अनुमति

काठमाण्डाै – जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।  फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएकाे थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खाेप लगाउने अनुमति दिइए...