काठमाण्डाै – जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।
फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएकाे थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खाेप लगाउने अनुमति दिइए...