पूर्व राष्ट्रपति पार्कलाई सरकारले दियो आममाफी

काठमाडौं : दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुन हेलाई सरकारले आममाफी दिएको छ। भ्रष्टाचार प्रकरणमा २२ वर्षको जेल सजाय भोगिरहेकी पूर्व राष्ट्रपति पार्कलाई राष्ट्रपति मुनजाइले आम माफीको घोषणा गरेका हुन्। सन् २०१८ मा महाअभियोग मार्फत् बर्खास्त भएकी ६९ वर्षीय पार्कमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको थियो। मुलुकमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति पार्क पहिलो महिला राष्ट्रपति समेत हुन्। गर्धनको दीर्घकालीन रोगबाट ग्रसित पार्कले हालसम्म ४ वर्ष ९ महिनाको सजाय

सम्बन्धित सामग्री

हत्यारालाई आममाफी दिएकाे विषयमा कुरा गर्न शीतलनिवास जाँदै रास्वपाकाे टाेली

हत्यारालाई आममाफी दिएकाे विषयमा राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतलनिवास जाने भएका छन् ।

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौँ, १२ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो। आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

६८१ कैदीलाई आममाफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय […]

संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्ब'सहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिनुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको...

सुर्खेत कारागारका १६ कैदीबन्दीलाई आममाफी

सुर्खेत : सुर्खेत कारागारमा कैद जीवन बिताइरहेका १६ जनाले आममाफी पाएका छन्।७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा सुर्खेतका १६ जनाले आममाफी पाएका हुन्।कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चारजना महिला रहेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेका ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरिएको छ।सोही क्रममा सुर्खेत कारागारमा रहेका १६

भीमफेदी कारागारका १० कैदीले पाए आममाफी

मकवानपुरस्थित भीमफेदी कारागारका १० जना कैदीहरूले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीहरूलाई आममाफी दिएकी हुन् ।

राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ […] The post राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १३ कैदीबन्दीलाई आममाफी दिएकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार उनीहरूको कैद सजाय माफी गरेकी हुन् । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ […]