काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। रूपन्देही–५ मा एउटै प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन्।